बेलायती राजकुमार ह्यारीले राजगद्दी त्याग्ने घोषणा
पुस २४, एजेन्सी – बेलायती राजकुमार ह्यारी र उनकी पत्नी मेगानले राजपरिवारको वरिष्ठ सदस्य पद त्याग्ने घोषणा गरेका छन् ।
उनीहरुले सामाजिक सञ्जाल इन्स्टाग्राम मार्फत आफूहरु राज परिवारको वरिष्ठ सदस्य पदमा रहन नचाहेको र आर्थिक एवम् सामाजिक रुपमा स्वतन्त्र हुन चाहेको उल्लेख गरेका छन् । उनीहरुले बेलायत तथा उत्तर अमेरिकामा आफ्नो बाँकी जीवन बिताउन चाहेको उल्लेख गरेका छन् ।
बीबीसीका अनुसार कुनै पनि सल्लाह नगरी ह्यारी दम्पतीले सार्वजनिक गरेको यो विज्ञप्तीले शाही परिवार आश्चर्य चकित भएको छ । शाही परिवारका वरिष्ठ सदस्यहरु राजकुमार ह्यारी दम्पत्तीको निर्णयबाट निराश भएका छन् । गत अक्टोबरमा राजकुमार दम्पतीले आफ्नो जीवन त्यति धेरै खुसी र स्वतन्त्र नरहेको बताएको थियो ।
ह्यारी दम्पत्तिको विज्ञप्तीमा महारानीबाट पनि आफूहरुको प्रस्तावमा समर्थन आवश्यक रहेको उल्लेख गरिएको छ।






