अमेरिका माथि इरानको पुनः मिसाइल आक्रमण

तामसालिङ खबर
२४ पुष २०७६, बिहीबार ११:३७

पुस २४, एजेन्सी – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सम्बोधन गरेको केही समयमै इरानले पुनः अमेरिकी दूतावासलाई निशाना बनाएर आक्रमण गरेको छ । आफ्ना र्शीष सैन्य कमाण्डर जनरल कासिम सुलेमानीको अमेरिकाले हत्या गरेपछि इरानमा बदलाको आगो बलेको छ।

सुलेमानीको अन्तिम संस्कारको केही घण्टापछि इराकस्थित अमेरिकी सैन्य शिविरमा पहिलो मिसाइल आक्रमण गरेको इरानले दोस्रो आक्रमण अमेरिकी दूतावासमा गरेको हो । इरानले इराकको बगदादस्थित अमेरिकी दूतावासलाई निशाना बनाएर दुई मिसाइल प्रहार गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

समाचार एजेन्सी एएनआईका अनुसार मिसाइल ग्रीन जोनमा खसेको छ। यस हमलामा कुनै क्षति भएको छैन । बुधबार बिहान पनि इरानले अमेरिकी सैन्य शिवरमा दर्जनबढी मिसाइल आक्रमण गरेको थियो।

इरानले उक्त आक्रमणबाट ८० अमेरिकी नागरिकको ज्यान गएको बताएपनि अमेरिकी राष्ट्रपति ट्रम्पले आफ्ना कुनै पनि नागरिक नमारिएको दाबी गरेका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*