बृहत जनप्रदर्शन सहित घेदुङ प्रदेश ३ को उदघाटन प्रदेश सभा अगाडीबाट हुने
पुस २५, हेटौडा – बृहत जनप्रदर्शन सहित प्रदेशसभा भवन अगाडीबाट नेपाल तामाङ घेदुङ प्रदेश ३ को प्रादेशिक अधिबेशनको उदघाटन हुने भएको छ ।
घेदुङ प्रदेश ३ को आकस्मिक सचिवालय बैठकले स्थान र समय परिबर्तन गर्दै अधिबेशनको उदघाटन सत्र प्रदेशसभा भवनको अगाडीबाट संसदहरुलाइ खबरदारी सहित धर्ना प्रदर्शन गर्ने नेपाल तामाङ घेदुङ प्रदेश ३ का अध्यक्ष सोम्बले तामाङले बताउनु भयो । ३ बजे प्रदेश सभाको बैठक रहेकोले सो समय सम्म संसदहरुलाई खबरदारी गर्दै नेवाः ताम्सालीङ प्रदेश नामाकरण गर्न प्रदर्शन गर्न लागिएको छ ।
नेपाल तामाङ घेदुङ प्रदेश ३, नेवा:ताम्सालीङ समन्वय समिति, आदिबासी जनजाती महासघ लगायत जातीय सस्थाहरुको सहभागितामा जनप्रदर्शन हुने भएको छ । उदघाटन प्रदेशसभा भवनको अगाडीबाट गरेपछि साझ मात्र घेदुङको प्रादेशिक अधिबेशनको बन्द सत्र हुने अध्यक्ष तामाङले बताए ।
हेटौडाको टिसिएन चौरबाट १२ बजे नाराजुलुस सहित बजार परिक्रममा गर्दै प्रदेश सभा अगाडी पुगिने उनले बताए । प्रदेश ३ को स्थायी राजधानी र नामङ्कन प्रदेश सभाको बैठकबाट तोकिँदैछ ।






