संबिधान अनुसार पहिचानको माग गर्दै जनप्रदर्शन सहित प्रदेश ३ घेदुङको अधिबेशन (फोटो फिचर)

तामसालिङ खबर
२५ पुष २०७६, शुक्रबार २२:०३

पुस २५, हेटौंडा – प्रदेश ३ को राजधानी हेटौडामा नेवा: ताम्सलिङ नामकरण गर्न माग गर्दै आज बृहत जनप्रदर्शन गरेको छ । नेपाल तामाङ घेदुङ प्रदेश ३ को प्रथम प्रादेशिक अधिबेशनको उदघाटन सत्रमा पहिचान सहितको नामकरणको माग गर्दै हेटौडा बजारमा बृहत र्याली गर्दै जनप्रदर्शन गरेको हो ।

तामसालिङ संयुक्त संघर्ष समितिको संयोजक जय गोलेले बृहत र्यालीको कोणसभालाई सम्बोधन गर्दै संबिधानले दिएको मर्म सरकारले अक्षरस पालना गर्छु भन्ने सरकारले नगरेको भन्दै प्रदेश ३ को जनताको भावना बिपरित बाग्मती नामबाट गरेको प्रति आक्रोश ब्यक्त गरेका छन् । के खोलाले मागेको हो पहिचान, खोलाले आन्दोलन गरेको हो ? उनले भने ।

त्यस्तै, नेपाल तामाङ घेदुङको संघिय अध्यक्ष मोहन गोलेले मुख्य मन्त्री डोरमणि पौडेललाई इंगित गर्दै प्रदेशको नामकरण गराउनको निम्ति जनता संग आउनुहोस, प्रदेशको नाम के राख्नु पर्छ, भूगोलको पहिचान के हो, त्यसको सक्कली अधिकारी उत्पीडित आदिबासी जनजाती हुन्, सिंहदरबारको शासकले गर्ने होइन, उनले भने ।

यदी बाग्मती नामकरण गरेर जानुहुन्छ भने हाम्रो अबको आन्दोलन तपाईले जुनदिन बाग्मती प्रदेशको घोषणा गर्यो, त्यही दिन हामी नेवा: तामसालिङ स्वायत्त प्रदेशको दिर्घकालिन संघिय घोषण अघि बढ्ने अध्यक्ष गोलेले बताए । संसारमा आदिबासीहरुको पहिचान र अस्तित्व समाप्त पर्न खोज्दा हामीले संसारमा संसद भवनहरु डढेर खरानी पारिएका छन्, त्यस्तै खरानी तिन नम्बर प्रदेशको प्रदेश सभा भवन पनि धोस्त गर्न नपरोस् भन्दै चेतावनी समेत दिएका छन् ।

 

कोण सभापछि प्रदेश घेदुङको अधिबेशन उदघाटन प्रदेश ३ को उपसभामुख राधिका तामाङको प्रमुख आतिथ्यतामा तथा प्रदेश ३ घेदुङको अध्यक्ष सोम्बले तामाङको सभाध्यक्षमा भएको उदघाटन सत्रमा प्रदेश संसद कुमारी मोक्तान, ओमबहादुर ग्लान, प्रेमबहादुर पुलामी, संघिय घेदुङको अध्यक्ष मोहन गोले, अन्तराष्ट्रिय तामाङ परिषदको बरिस्ठ उपाध्यक्ष टासी लामा लगायत घेदुङको संघिय पदाधिकारी, विभागीय प्रमुखहरुको आतिथ्यता रहेको थियो ।

पहिचान सहितको संघीयताको माग गर्दै आयोजना भएको र्याली टिसिएन चौरबाट शुरु भै, बसपार्क, राप्ती रोड पछि बुद्धचोकमा पुगी कोणसभा गरिएको थियो । सम्मेलनमा प्रदेश अन्तर्गत विभिन्न जिल्लाबाट सहभागी हुन प्रतिनिधिहरु हेटौंडा आएका छन् ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*