प्रदेश ३ घेदुङको अध्यक्षमा लिलाकुमार घलान, ३४ सदस्यीय नयाँ कार्यसमिती चयन

तामसालिङ खबर
२६ पुष २०७६, शनिबार ०९:५८

पुस २६, हेटौडा – नेपाल तामाङ घेदुङ प्रदेश ३ को प्रथम प्रादेशिक अधिबेशनको अध्यक्षमा लिलाकुमार घलान सर्बसम्मत चयन भएको छ । शुक्रबार प्रदेश ३ को राजधानी हेटौडामा भएको अधिबेशनबाट अध्यक्ष घलानको नेतृत्वमा ३४ सदस्यीय नया कार्यसमिति चयन गरेको हो ।

प्रदेश घेदुङको उपाध्यक्षहरुमा गोपीराज घलान (चितवन), बिशाल थिङ तामाङ (सिन्धुली), मानबहादुर योञ्जन (ललितपुर), महिला उपाध्यक्ष संगीता बोम्जन( काठमाण्डौ), सचिबमा हरिचन्द्र लामा(काभ्रे) र सुकुराम तामाङ(नुवाकोट), कोषाध्यक्षमा सरोजकुमार तामाङ(भक्तपुर), सह-कोषाध्यक्षमा पदमबहादुर घिसिङ(रामेछाप), उप-सचिब फुलकाजी स्याङबो (सिन्धुपाल्चोक), सीतामाया तामाङ (धादिङ), पासाङ घिसिङ (दोलखा) लगायत सर्बसम्मत चयन भएका छन् ।

त्यस्तै, सदस्यहरुमा ङ्वाङ किम्जो तामाङ(रसुवा), दोर्जे घिसिङ (सिन्धुपाल्चोक), मोतीलाल गोले(सिन्धुली), आशा तामाङ(भक्तपुर), महेश पाख्रिन(दोलखा), उषा तामाङ घिसिङ (दोलखा), मिरा योञ्जन(रामेछाप), मन्जु लामा(रामेछाप), जगत लामा घलान(नुवाकोट), पसिङ लामा (चितवन), सबिन तामाङ(नुवाकोट), ठुलीमाया मोक्तान(मकवानपुर), जयबहादुर वाइबा(मकवानपुर), तिलकबहादुर तामाङ(काभ्रे), दिलबहादुर लामा(काठमाण्डौ), लक्ष्मी तामाङ (ललितपुर), राजेन्द्र लामा (धादिङ), बिजय वाइबा(रसुवा), धनबहादुर तामाङ(धादिङ), दिलकुमारी तामाङ(चितवन) र प्रेमकुमारी तामाङ (चितवन) लगायत रहेका छन् । छुटेको जिल्लाबाट पछि १ जना थप हुने गरि ३५ सदस्यीय प्रदेश कार्य समिति बन्नेछ ।

अधिबेशनको उदघाटन सत्रमा प्रदेश ३ को उपसभामुख राधिका तामाङको प्रमुख आतिथ्यतामा तथा प्रदेश ३ घेदुङको अध्यक्ष सोम्बले तामाङको सभाध्यक्षमा भएको कार्यक्रममा प्रदेश संसद कुमारी मोक्तान, ओमबहादुर ग्लान, प्रेमबहादुर पुलामी, अन्तराष्ट्रिय तामाङ परिषदको बरिस्ठ उपाध्यक्ष टासी लामा, संघिय घेदुङको अध्यक्ष मोहन गोले, लगायत घेदुङको संघिय पदाधिकारी, विभागीय प्रमुखहरुको आतिथ्यता रहेको थियो ।

पहिचान सहितको संघीयताको माग गर्दै आयोजना भएको जनप्रदर्शन सहितको र्याली हेटौडा टिसिएन चौरबाट शुरु भई, बसपार्क, राप्ती रोड पछि बुद्धचोकमा पुगी कोणसभा गरिएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*