मनहरी गाउँपालिका आज पहिलो बालमैत्री गाउँपालिका घोषण हुदै
पुस २८, हेटौडा (मनहरी) – मकवानपुरको मनहरी गाउँपालिका आज देशकै पहिलो बालमैत्री स्थानीय शासन अवलम्बन गर्ने पहिलो गाउँपालिका घोषणा हुने भएको छ । देशभर रहेको ४६० गाउँपालिका मध्ये मनहरी गाउँपालिका देश कै पहिलो बालमैत्री स्थानीय शासन अवलम्बन गर्ने पहिलो गाउँपालिका बन्ने भएको हो ।
उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेलको प्रमुख आतिथ्यतामा गाउँपालिकालाई बालमैत्री गाउँपालिका घोषणा गर्न लागिएको गाउँपालिका अध्यक्ष एकराज उप्रेतीले जानकारी दिए । उपाध्यक्ष मनिला विष्टले बालमैत्री गाउँपालिका घोषणा गरिए गाउँपालिकाले गर्नुपर्ने ३५८ काममध्ये २६४ काम पुरा हुने बताईन् ।
बालमैत्री स्थानीय शासन अवलम्बन गर्ने पहिलो गाउँपालिका घोषणा कार्यक्रम मनहरी गाउँपालिका ७ मा रहेको राष्टिय रोटरी माध्यामिक विद्यालयमा हुन लागेको हो । कार्यक्रम भब्य बनाउन आज गाउँपालिकामा सार्वजनिक विदा समेत दिइएको छ ।
कार्यक्रममा उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेल, तिन नं प्रदेशमा मुख्यमन्त्री डोरमनि पौडेल, प्रतिनिधि सभा सदस्यहरु,राष्टिय सदस्यहरु र विभिन्न सरोकारवालाहरुको उपस्थिती रहने गाउँपालिकाले जनाएको छ ।






