इन्द्रसरोबरको कुलेखानीमा ल्होछार महोत्सब हुने
माघ ५, हेटौडा (कुलेखानी) – मकवानपुरको उत्तरी क्षेत्र इन्द्रसरोबर गाउपालिकाको कुलेखानीमा पहिलो पटक ल्होछार महोत्सब गर्ने भएको छ । तामाङ समुदायको सास्कृतिक पर्ब २८५६ जीवा ल्हो/मुसा वर्गको अबसरमा स्थानीय कुलेखानी तामाङ समाजको आयोजनामा यही माघ २० गते ल्होछार महोत्सब तथा बृहत सास्कृतिक कार्यक्रम लगायत शान्ति पुजा गर्ने भएको छ ।
भिजिट नेपाल २०२० सफल बनाउन स्थानीय पर्यटन प्रबर्द्धनको सास्कृतिक पर्ब ल्होछारलाई आफ्नो घरआगनमा मनाउने उधेश्यले समाजले कार्यक्रम गर्न लागेको कार्यक्रम संयोजक बिरेन गोलेले बताए ।
ल्होछार महोत्सब तथा सास्कृतिक कार्यक्रम सफल बनाउन राष्ट्रिय कलकारहरु प्रेम लोप्चन, सन्जिब वाइबा, बिशाल कल्तान, अशोक तामाङ, जितु लोप्चन, सुस्मा मोक्तान, लगायत स्थानीय कलाकारहरु रबिन्द्र लामा, आवास थिङ, जस्मिन तामाङ, रोज वाइबा, आस्मा मोक्तान, अशोक स्याङ्तान, रिदम गोले लगायतको कलाकारहरुको प्रस्तुति रहने कलाकार संयोजक अशोक तामाङले बताए ।
एक दिनको महोत्सबमा लामा, बोन्पो, ताम्बा लगायतको झाकी र्याली सहीत गाउपालिका परिक्रम गरि कार्यक्रम स्थल इन्द्रसरोबर २ कुलेखाली टोट्के चौरमा पुगिने भएको छ । तामाङ भेषभुषा, तामाङ मौलिक खाना लगायतको स्टलहरु समेत रहने संयोजक गोलेले बताए ।






