सोनाम ल्होछारको अवसरमा सिन्धुलीमा शुभकामना आदानप्रदान
माघ ८, सिन्धुली – सिन्धुलीमाडीमा जीवा ल्हो/मुसा वर्ग सोनाम ल्होछार २८५६ को अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम गरिएको छ । नेपाल तामाङ विद्यार्थी घेदुङ समन्वय समिति सिन्धुलीको आयोजनामा कार्यक्रम भएको हो । सरकार सोनाम ल्होछारमा सार्वजनिक बिदा गर, ३ न. प्रदेश बाग्मती नामकरण चाहिँदैन पहिचान मेट्न पाइँदैन भन्ने मुल नाराका साथ कार्यक्रम भएको हो ।
विज्ञान दोर्जे बलको अध्यक्षता तथा नेपाल तामा घेदुङ संघिय कला तथा साहित्य विभाग प्रमुख काजीमान थिङ्को प्रमुख आतिथ्यतामा भएको हो । कार्यक्रममा बोल्दै प्रमुख अतिथि थिङले आफ्नो भेषभुषा, कला संस्कृती, मुल्य मान्यता, चाडपर्वको संरक्षण तथा संवर्दन गर्नुपर्नेमा जोड दिनुभयो ।
उहाँले राज्यको नेतृत्व तहमा पुग्न जरुरी रहेको भन्दै संघर्ष गरिरहे अवश्य तामाङ् समुदाय पनि नेतृत्व तहमा पुग्ने विश्वास व्यक्त गर्नुभयो । कार्यक्रममा सहभागिहरुले प्रदेश ३ को नाम वाग्मति राखिएको प्रति असन्तुष्टि जनाएका छन् । आफुहरुले माग गर्दै आएको नेवा ताम्सालिङ्लाई वेवास्था गर्दै वाग्मति नाम राखेको प्रति आपत्ती जनाएका हुन् ।






