थाहा नगरको पानोर रिसोर्टमा बेहोस भएका आठै जनाको मृत्यु (नामावली सहित)

तामसालिङ खबर
७ माघ २०७६, मंगलवार १९:४९

माघ ७, हेटौडा (थाहा नगर) – मकवानपुरको उत्तरी क्षेत्र थाहा नगरपालिका–४ सिमभञ्ज्याङस्थित एभरेष्ट पानोरमा रिसोर्टमा बेहोर अवस्थामा भेटिएका ८ जना भारतीय नागरिकको मृत्यु भएको छ । हेलिकप्टरबाट उपचारका लागि काठमाडौंको ह्याम्स अस्पताल पुर्याईएको उनीहरुलाई चिकित्सकले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएका छन् ।

भारत केरलाका पोखरा घुमेर दामन घुम्न आएका उनिहरु रिर्सोटमा बास बस्न आएका १५ जना भारतीय नागरिक मध्ये ८ जना सुतेकै स्थानमा बेहोस भेटिएका थिए । मृत्युभएका ८ जना मध्ये ४ जना बालबालिका रहेका छन् ।

मृत्यु हुनेमा भारत केरला बस्ने बर्ष ३८ को रन्जित कप, बर्षकी ईन्द्र, वर्ष ३७ को प्रबिण, वर्ष ३२ की सरिया, बर्ष ५ को अभी, वर्ष ७ की अर्चना, वर्ष ५ को बैशनव र वर्ष ९ की बन्द्रा कप रहेका छन् ।

मृत्युु भएकाहरुले कोठामा हिटर बाली सुतेको र बिहान ८ बजेसम्म नउठेपछि सँगै आएका साथीहरुले खोजी गर्दा कोठामा बेहोस अवस्थामा फेला परेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*