ललितपुरको बागमती गाँउपालिका स्तरीय ल्होछार सास्कृतिक कार्यक्रम हुने

प्रकाश थिङ
८ माघ २०७६, बुधबार ०४:२१

माघ ८, ललितपुर – तामाङ समुदायको राष्ट्रिय पर्व २८५६ जिवा ल्हो (मुसा वर्ग) को अवसरमा दोस्रो पटक बागमती गाँउपालिकाले गाँउपालिका स्तरीय बृहत सोनाम ल्होछार कार्यक्रम हुने भएको छ । कार्यक्रम आगामी माघ १३ गते एक दिनको विदा दिई बागमती गाउँपालीकाको वडा नं ४ प्युटारको खयरघारी खेलकुद मैदानमा हुनेभएको हो ।

नेपाल भ्रमण वर्ष २०२० सफल बनाउन स्थानीय पर्यटन प्रबर्द्धनको साँस्कृतिक पर्ब ल्होछारलाई आफ्नो घरआँगनमा मनाउने उदेश्यले गाउँपालिकाले कार्यक्रम गर्न लागेको कार्यक्रम संयोजक दिल बहादुर स्याङतानले बताए ।

ल्होछार महोत्सब तथा साँस्कृतिक कार्यक्रम सफल बनाउन राष्ट्रिय कलाकारहरु सेलो गायक प्रयास दोङ, अञ्जु थोकर, हाँस्य कलाकार पेमा लामा लगायत स्थानीय कलाकारहरुको प्रस्तुति रहने कलाकार संयोजक सरोज लामाले जानकारी दिए ।

ल्होछार कार्यक्रममा लामा, बोन्पो, ताम्बा लगायतको झाँकी प्रस्तुति रहनेछ । कार्यक्रमको उदघाटन गाँउपालिका अध्यक्ष वीर बहादुर लोप्चानले गर्ने छ भने बागमती गाउँपालिकाको १ देखी ७ वटै वडाका वडाअध्यक्षहरु, वडासदस्यहरुको सहभागीता रहेन बताईएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*