काभ्रेको खार्पाचोकमा ल्होछार साँस्कृतिक कार्यक्रम
माघ ८, काभ्रे – काभ्रेको रोशी गाउँपालिका वडा नं ८ स्थित खार्पाचोकमा २८५६ जिवा ल्हो/मुसा वर्ग सोनाम ल्होछारको अवसरमा ल्होछार बृहत साँस्कृतिक तथा बुद्धपार्क शिलान्यास कार्यक्रम हुने भएको छ । खार्पाचोक युवा क्लवको आयोजनामा बृहत ५ दिने ल्होछार कार्यक्रम हुन लागेको क्लबका अध्यक्ष लालवहादुर घिसिङले बताए ।
माघ ११ गते बेलुका लामा गुरुहरुद्धारा ल्हो फाल्ने बिधिबाट सुरु हुने कार्यक्रम माघ १३ सरसफाई मैत्रीपूर्ण फुटसल प्रतियोगिता हुने र अन्तिम दिन माघ १५ गते बृहत साँस्कृतिक तथा बुद्धपार्क शिलान्यास कार्यक्रम हुने घिसिङले बताए ।
ल्होछार कार्यक्रमको उदघाटन प्रतिनिधिसभा सदस्य बहादुर सिंह तामाङको प्रमुख अतिथ्यतामा हुने आयोजकले बताए । हरेक वर्ष ल्होछारको अवसरमा क्लबले विभिन्न कार्यक्रमहरु गर्दै आएकोमा यस वर्ष फरक तरिकाले कार्यक्रमको आयोजना गरिएको आयोजकको भनाई छ ।
बृहत साँस्कृतिक तथा बुद्धपार्क शिलान्यास कार्यक्रम सँगै नेपाली ख्यातीप्राप्त कलाकारहरू बसन्त सापकोटा, उदय सोतङ, तुलसी पराजुली, बसन्त बित्यासी थापा, मनिला सोतङ, लक्ष्मन शेस, चेतन सापकोटा, अस्टा लामा, छेवाङ तेन्जीङ लामा, जेबि सम्योगी, हास्यकलाकार हर्के हल्दार, नमस्ते कृष्णे लगायत चर्चित तामाङ कलाकारहरु विशाल काल्तान, कोसिस थोकर, सुष्मा मोक्तान, जितु लोप्चन, सुरेश लामा, प्रयास दोङ्ग, विजय थोकर साथै स्थानीय कलाकारहरुको विशेष प्रस्तुती रहेको आयोजकले जानकारी दिएको छ ।






