एआईजी डा. आशा सिंहलाई दर्ज्यानी चिन्ह प्रदान

तामसालिङ खबर
८ माघ २०७६, बुधबार १४:५१

माघ ८, काठमाण्डौ – प्राविधिक प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी)मा पदोन्नति भएकी डा.आशा सिंहलाई प्रहरी नायब महानिरीक्षक (आइजिपी) सर्वेन्द्र खनालले दर्ज्यानी चिन्ह प्रदान गरेका छन् । उनलाई सोमबार मन्त्रिपरिषदले एआईजीमा बढुवा गर्ने निर्णय गरेको थियो । उनी नेपाल प्रहरीको एआईजी हुने दोस्रो महिला हुन् । यस अघि डा. दुर्गा थापा एआईजी भएकी थिइन् ।

बुधबार आईजिपी खनालले दर्ज्यानी चिन्ह लगाउँदै बधाई दिए । उनले नेपाल प्रहरी अस्पताल सबैको भरोसाको केन्द्र र संगठनकै महत्वपूर्ण विभाग भएकोले अस्पतालको स्तरोन्नतिका लागि अग्रसर हुनुपर्ने बताए ।

समारोहमा बोल्दै एआईजी डा.सिंहले त्रुटीरहित ढंगले सुम्पिएको जिम्मेवारी कुशलतापूर्वक सम्पन्न गर्न तल्लिन रहने बताइन् । उनले गुणस्तरीय स्वास्थ्य सेवा प्रवाह र पेशागत क्षमतालाई अभिवृद्धि गर्न प्रयत्न गर्ने बताइन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*