आठ भारतीय मृत्यु प्रकरण : छानबिन समिति गठन

तामसालिङ खबर
८ माघ २०७६, बुधबार १४:५३

माघ ८, हेटौंडा – थाहा नगरको दामन स्थित एभरेष्ट पानोर रिसोर्टमा मृत्य भएका आठ भारतीय पर्यटकको सत्यतथ्य पत्ता लगाउन पर्यटन विभागले छानबिन समिति गठन गरेको छ । बुधबार विभागले घटनाबारे स्थलगत अध्ययन गरी १५ दिनभित्र राय सुझाव सहित प्रतिवेदन पेश गर्न पाँच सदस्यीय छानबिन टोली गठन गरेको छ ।

मंगलबार मकवानपुर जिल्लाको थाहा नगरपालिका–४ दामनस्थित पानोर रिसोर्टमा आठ भारतीय पर्यटकको मृत्यु भएको थियो । विभागले जारी गरेको विज्ञप्तिमा भनिएको छ ‘घटनाबारे स्थलगत अध्ययन गरी १५ दिनभित्र राय सुझावसहित प्रतिवेदन पेश गर्न पाँच सदस्यीय छानबिन टोली समिति गठन गरिएको छ ।,’

पोखराबाट सोमबार साँझ उनीहरु सो रिसोर्टमा बास बस्न आएका पालुङ इलाका प्रहरी कार्यालयले जनाएको छ । १५ जनाको समूहमा गएका उनीहरूले दुई कोठा रिजर्भ गरेका थिए। एक कोठामा आठ र अर्कोमा सात जना सुतेका थिए ।

घटनामा दुई पुरूष, चार बालबालिका र दुई जना महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा ३८ वर्षीय रन्जित कुमार, ३४ की ईन्द्र कुमार, ३७ का प्रविणकृष्ण नायर, ३२ की सरिया नायर, ५ वर्षका अभी, ७ की अर्चना,५ वर्षका बैशनव र ९ की बन्द्रा छन्।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*