ल्होछारको अवसरमा हेटौडा उपमहानगर घेदुङद्वारा बृद्धआश्रममा भोजनदान
माघ ८, हेटौडा – मन्जुश्री सम्बत् २८५६ जीवा ल्हो/ मुसा बर्ग साेनाम ल्हाेछारकाे अवसरमा हेटाैडा उपमहानगर घेदुङकाे आयाेजनामा आज ओम बृद्वाश्रममा भोजनदान गरिएको छ । ल्होछारको पूर्वसन्ध्यामा हेटौडा २ स्थित चौकी टोलमा रहेको आश्रममा पुगी उपमहानगर घेदुङले ३५ जना बृद्धबृद्धाहरुलाई भोजनदान गरिएको हो ।
भोजन दान संगै शुभकामना आदानप्रदान औपचारिक कार्यक्रममा नेपाल तामाङ घेदुङ बागमती प्रदेशको अध्यक्ष लिलाकुमार घलानको प्रमुख आतिथ्यता तथा उपमहानगर घेदुङको उपाध्यक्ष मोतीलाल तामाङको सभाध्यक्षमा भएको थियो ।
कार्यक्रममा नेपाल तामाङ घेदुङको संघिय सदस्य सुनिल मोक्तान, मकवानपुर घेदुङको कार्यबाहक अध्यक्ष कालु घलान, नगर घेदुङको सचिब सुबास घिसिङ लगायत आश्रमको प्रतिनिधिहरु सहभागी थिए ।







