सातौ सेलो नृत्य प्रतियोगितामा न्यु कम्भाइन प्रथम

तामसालिङ खबर
११ माघ २०७६, शनिबार ०६:२४

माघ ११, हेटौडा – तामाङ समुदायको राष्ट्रिय सास्कृतिक पर्ब सोनाम ल्होछारको अवसरमा शुक्रबार हेटौडामा सातौ सेलो नृत्य प्रतियोगिता सम्पन्न भएको छ । २८५६ जीवा ल्हो/ मुसा वर्गको अवसरमा हेटौडामा आयोजित दोस्रो ल्होछार महोत्सबको पहिलो दिन शुक्रबार भएको सेलो नृत्य प्रतियोगितामा न्यु कम्भाइन क्लब प्रथम भएको छ ।

चौध वटा समूह सहभागी रहेको सेलो नृत्य प्रतियोगितामा फ्युजन डान्स एण्ड ड्रेस हाउस दोस्रो भएको छ । त्यस्तै रास्ट्रीय लोक तथा दोहोरी प्रतिष्ठान तेस्रो र दि युनिक डान्स हाउस सान्तोना भएका छन् । बिजेताहरुले क्रमश: २० हजार, १५ हजार र १० हजार नगद संगै ट्रफी लगायत प्रमाणपत्र समेत पाएका छन् । प्रतियोगितामा निर्णायकहरु धनबहादुर पाख्रिन, सुनिता लामा, र राजेन्द्र घलान रहेका छन् ।

नेपाल तामाङ युवा घेदुङको अध्यक्ष सुनिल लोप्चनको संयोजनमा भएको प्रतियोगितामा हेटौडा उपमहानगरपालिकाको मेयर हरिबहादुर महतको प्रमुख आतिथ्यतामा भएको औपचारिक कार्यक्रममा ल्होछार महोत्सबको संयोजक आत्माराम मोक्तान अध्यक्षतामा भएको थियो ।

त्यस्तै, नेपाल तामाङ बागमती प्रदेशको अध्यक्ष लिलाकुमार घलान, मकवानपुर घेदुङको कार्यबाहक अध्यक्ष कालु घलान, सल्लाहकार शुभरत्न गोले, युवा घेदुङको संघिय प्रशिक्षण बिभाग प्रमुख सबिन मोक्तान, संघिय सदस्य रोशन गोले, सास्कृतिक घेदुङको संघिय सदस्य सुमित्रा लामा, सास्कृतिक घेदुङको जिल्ला अध्यक्ष अजय गोले लगायतको उपस्थिति रहेको थियो ।

आज ल्होछारको मुख्य दिन हेटौडाको टिसिएन चौरमा राष्ट्रिय तथा स्थानीय कलाकारहरुको सहभागीमा बेजोड प्रस्तुति हुदै छ ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*