नेपाल कोरोना भाइरसको अति उच्च जोखिमको सुचिमा
फागुन १७, काठमाडौं – विश्व स्वास्थ्य संगठन (डव्लुएचओ) ले नेपाललाई कोरोना भाइरस (कोभिड–१९) को अति उच्च जोखिम भएको मुलुकको सूचीमा राखेको छ । डव्लुएचओको मुख्यालयमा विहीबार बसेको साप्ताहिक ब्रिफिङ पछि नेपाल कोरोना भाइरसको अति उच्च जोखिमको सूचीमा परेको हो ।
डव्लुएचओले अहिले दक्षिण एसियाका भारत, श्रीलंका, पाकिस्तान र अफगानिस्तानलाई समेत कोरोना भाइरसको अति उच्च जोखिम भएको देशको सूचीमा राखेको छ । यसबाहेक अफ्रिकी केही देशहरु पनि सो सूचीमा परेका छन् । यसअघि डव्लुएचओले चीनलाई मात्रै अति उच्च जोखिममा राखेको थियो ।
नेपालमा अहिले सम्म एक जना बाहेक कसैलाई संक्रमण देखिएको छैन् । तर विश्वका विभिन्न देशमा फैलँदोक्रममा रहेको यो भाइरस यदि नेपालमा फैलिए भयावह अवस्था निम्त्याउन सक्ने भन्दै डव्लुएचओले अति उच्च जोखिमको सूचीमा राखेको हो ।






