एसिड प्रहार गर्ने केसरीलाई ८ बर्ष कैदको फैसला
फागुन, हेटौंडा – हेटौंडाकी विन्दबासिनी कंसाकारलाई एसिड प्रहार गर्ने भारतीय नागरिक दिलिपराज केशरीलाई ८ बर्ष कैद फैसला गरेको छ । जिल्ला अदालत मकवानपुरका न्यायाधिश कमलराज विष्टको एकल इजलासले ज्यान मार्ने उद्योग अन्तरगत मुद्धा अन्तरगत केशरीलाई ८ बर्ष कैद र १ लाख रुपैंया जरिवानाको फैसला गरेको हो ।
त्यस्तै, मतियारको रुपमा रहेको सञ्जयकुमार मण्डललाई २ बर्ष ६ महिना कैद र ४० हजार रुपैंया जरिवानाको फैलसा गरेको छ । अदालतले केशरीबाट पीडित पक्षलाई १ करोड १४ लाख ८५ हजार रुपैंया क्षतिपूर्ति भराउने आदेश गरेको छ ।
गत कार्तिक १४ गते पक्राउ गरिएका केशरीलाई कार्तिक १५ गते जिल्ला प्रहरी कार्यालयमा सार्वजनिक थियो । केशरीलाई पक्राउ गरेको १० दिनपछि अर्का अभियुक्त मण्डललाई पनि पक्राउ गरिएको थियो ।
भारतीय नागरिक भारत महाराजगंज अमरपुर्वन वडा नम्बर ६ का केशरीले कंसाकारलाई २०७० साल बैशाख ९ गते कंसाकारको पसलमा गएर एसिड प्रहार गरी फरार भएका थिए ।






