जनजाति महासंघ बागमती गाउँपालिकाको अध्यक्षमा वाइबा चयन
फाल्गुन १२, हेटौडा (बागमती) – मकवानपुरको पुर्बी क्षेत्र बागमती गाउँपालिकामा नेपाल आदिवासी जनजाति महासंघ गाउपालिकाको प्रथम अधिबेशन भएको छ । अधिबेशनबाट अध्यक्षमा जय बहादुर वाइबा चयन भएको छ । बागमती गाउँपालिकाको जनता माविमा भएको प्रथम अधिवेशनले वाइबाको अध्यक्षतामा ९ सदस्यीय समिति गठन गरेको हो ।
समितिको प्रथम उपाध्यक्षमा होम बहादुर थापा मगर (नेपाल मगर संघ), द्धितिय उपाध्यक्ष धन्जु माझि (नेपाल माझि उत्थान संघ), किशोर कुमार राई (किरात राई यायोक्खा), सचिव जिवन पहरी (नेपाल पहरी विकास संघ), कोषाध्यक्ष तिर्थ कुमारी श्रेष्ठ(नेवा देव दवु) सहसचिव अमृत कुमार भुजेल(भुजेल समाज सेवा समिति), सहसचिव पम्फा बराम (नेपाल बराम संघ) र लोकेन्द्र सुनुवार( सुनुवार ) लगायत चयन भएको छ ।






