नेकपा बागमती प्रदेशको विभागमा मकवानपुरका क-कसले कुन जिम्मेवारी पाए
फाल्गुन, हेटौडा – बागमती प्रदेशको ३० विभाग मध्ये मकवानपुले ३ वटा विभागको प्रमुख र एउटा विभागको उपप्रमुख पाएको जनाइएको छ । प्रदेश कमिटीले दिएको जानकारी अनुसार मकवानपुरबाट संगठन विभागको प्रमुखमा अन्नत पौडेल, खानेपानी तथा सरसफाई विभागको प्रमुखमा कृष्ण दाहाल र न्याय, कानून तथा मानवअधिकार विभागको प्रमुखमा ओम घलानले जिम्मेवारी पाएका छन् । यस्तै विज्ञान तथा प्रविधि विभागको उपप्रमुखमा ललित घलानले जिम्मेवारी पाएका छन् ।
अर्थ तथा योजना विभागको सदस्यमा यम सिलवाल, उद्योग तथा वािणज्य विभागको सदस्यमा नवराज अर्याल, तुलसी रिजाल, उपभोक्ता हित तथा आपूर्ती विभागमा सुवास सिंसह ठकुरी, कृषि तथा भूमिसुधार विभागमा मेम्बर लो, कोष तथा आर्थिक व्यवस्थापन विभागमा खेमराज सापाकोटा, खानेपानी तथा सरसफाई विभागको सदस्यमा कृष्ण राई, जलस्रोत, सिचाई तथा उर्जा विभागको सदस्यमा केदर बलले जिम्मेवारी पाएका छन् ।
यस्तै, न्याय कानून तथा मानव अधिकार विभागमा गोकर्ण सुवेदी (सूर्य), सानुभाई विक, पर्यटन प्रर्वद्धन तथा नागरिक उड्यनमा नारायण सापकोटा, प्रचार तथा प्रकाशन विभागमा नानीमैया विष्ट, उज्वल चौलागाई, पार्टी स्कुल विभागमा पुष्कल श्रेष्ठ, पुस्तकाय तथा अभिलेख विभागमा सरला बोलखे, भौतिक पूर्वाधार तथा यातायात विभागमा रामलाल विक, सुरेन्द्र पाठक, राजकीय मामिला तथा सुशासन विभागमा अर्जुन अर्याल, युवा तथा खेलकुद विभागमा माधव तिमल्सिना, विज्ञान तथा प्रविधि विभागमा किशोर टण्डनर वन तथा वातावरण विभागको सदस्यमा हरि पण्डितले जिम्मेवारी पाएका छन् ।
यसैगरी, शिक्षा तथा मानव स्रोत विभागमा यादव गजुरेल, श्रम तथा रोजगार विभागमा सिताराम न्यौपाने, मदन रिमाल, संगठन विभागको सदस्यमा प्रेमबहादुर पुलामी, मुनु सिग्देल, महिला विभागमा सिता अधिकारी, समाज कल्याण विभागमा खुशीलाल चेपाङ, कृष्ण घिताल, सहकारी तथा गरिबी निवारण विभागमा रमेशप्रसाद लामिछाने, सहरी विकास विभागमा रामहरि न्यौपाने, साहित्य कला तथा संस्कृति विभागमा सम्पूर्ण पौडेल र आशाकाजी श्रेष्ठ, स्थानीय तह विभागमा मनिला विष्ट, स्वास्थ्य तथा जनसंस्ख्या विभागमा कर्मा थिङ र डा. हरिबहादुर खड्का, निर्वाचन विभागमा तेजप्रसाद रुपाखेती र सामान्य प्रशासन विभागको सदस्यमा नारायण गजमेरले जिम्मेवारी पाएका छन् ।






