कोरोना भाइरसका कारण भ्रमण वर्ष २०२० स्थगित गर्ने सरकार निर्णय

तामसालिङ खबर
१९ फाल्गुन २०७६, सोमबार १२:४८

फाल्गुन १९, काठमाण्डौ – नेपाल सरकारले भ्रमण वर्ष २०२० स्थगित गर्ने निर्णय गरेको छ । आईतबार बसेको मन्त्रिपरिषद् बैठकले कोरोना भाइरसको प्रकोपलाई मध्यनजर गर्दै भ्रमण वर्ष २०२० स्थगित गर्ने निर्णय गरेको हो ।

मन्त्रिपरिषद् बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले नै भ्रमण वर्ष स्थगित गर्ने प्रस्ताव राखेको स्रोतले जानकारी दिएको हो । कोरोनाकै कारण सरकारले पहिलो पटक आयोजना गर्न लागेको अन्तर्राष्ट्रिय स्तरको ‘सगरमाथा संवाद’ कार्यक्रम समेत स्थगित गर्ने निर्णय गरेको छ ।

सरकारले अर्को सातादेखि ‘अनअराइभल भिसा’मा पनि रोक लगाउने निर्णय गरेको जनाइएको छ । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले नेपाल कोरोना संक्रमणको अति उच्च जोखिममा रहेको जनाएसँगै नेपालले कोरोनाको संक्रमण हुनबाट जोगाउन विभिन्न तयारी समेत गरेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*