बागमती प्रदेशले कोरोना संक्रमण न्युनिकरणका लागि हात नमिलाउने निर्णय
फाल्गुन, हेटौडा – बागमती प्रदेशले कोरोना भाईरस संक्रमण न्युनिकरणका लागि हात नमिलाउने निर्णय गरेको छ । प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलको अध्यक्षतामा बसेको मन्त्रिपरिषदको बैठकले बिश्वब्यापी रुपमा फैलिएको कोरोनाको संक्रमणबाट बच्न जनचेतनामुलक कार्यक्रमलाई निरन्तरता दिने भएको छ ।
बिश्व स्वास्थ्य संगठनले नेपाललाई समेत कोरोना भाईरस संक्रमणको उच्च जोखिममा रहेको जनाएपछि प्रदेश सरकारले यसका लागि छुट्टै उपचार कक्ष निर्माण गरिसकेको समेत जनाएको छ ।
नेपालीको परम्परा देखि चलिआएको चलन एबम् हातका कारण कोरोना बढि संक्रमण हुने चिकित्सकको भनाईलाई मध्यनजर गर्दै ‘नो ह्याण्डसेक’ को निति अवलम्बन गर्न जनसमुदायमा आब्हान गर्ने निर्णय पनि गरेको हो ।






