मकवानपुर प्रशासनले जात्रा पर्व, मेला-महोत्सव भीडभाडयुक्त कार्य नगर्न अनुरोध

तामसालिङ खबर
२४ फाल्गुन २०७६, शनिबार ०६:५५

फाल्गुन २४, हेटौंडा – जिल्ला प्रशासन कार्यलय मकवानपुरले भीडभाडयुक्त स्थानमा नजान अनुरोध गरेको छ । कोरोना भाइरसको सम्भावित जोखिमलाई न्यूनीकरण गर्न प्रशासनले जिल्लाका कुनै पनि स्थानमा स-साना पारिवारिक भेटघाट बाहेकका जात्रा पर्व,मेला-महोत्सव तथा मानिसहरु जमघट हुने प्रकारका कुनै पनि कार्यक्रम नगर्न जिल्ला प्रशासन कार्याललय मकवानपुरले आग्रह गरेको हो ।

विश्व स्वस्थ्य संगठनले नेपाललाई कोरोना भाइरसको संक्रमणको उच्च जोखीम भएको कारण यसको असर मकवानपुरमा समेत पर्न सक्ने भएकाले पूर्व सावधानी अपनाउन यस्ता गतिविधि नगर्न आग्रह गर्दै जिल्ला प्रशासन मकवानपुरले सूचना जारी गरेको छ ।

छिमेकी मुलुक चिनबाट फैलिएको कोरोना भाइरस हाल विश्वका ८० भन्दा बढी देशमा फैलिएको छ । हालसम्म कोरोना भाइरसबाट मृत्यु हुने मानिसको संख्या ३३ सय पुगेको अन्तराष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*