विद्यार्थी घेदुङ अध्यक्षद्वारा शैक्षिक सामाग्री वितरण
फाल्गुन, सिन्धुली – नेपाल तामाङ विद्यार्थी घेदुङ संघीय अध्यक्ष दिनेश लो तामाङले शैक्षिक सामाग्री वितरण गरेको छ । आफ्नो जन्मदिनको अवसरमा पारेर घ्याङ्लेख गाउँपालिका वडा न.२ बस्तिपुर खोलागाउँमा रहेको स्थानीय जनप्रेमी आधारभुत विद्यालयका विद्यार्थीहरुलाई शैक्षिक सामाग्रीहरु (कापी, कलम) र ड्रेस (पोशाक) वितरण गर्नुभएको हो ।
जन्मदिने बा, आमा प्रति आभार प्रकट गर्दै उहाँले आफुले क, ख पढेको विद्यालयका नानीबाबुहरुलाई शैक्षिक सामग्री वितरण गर्न पाउँदा खुसी लागेको बताउनुभयो । सरकारको विद्यार्थी भर्ना अभियानलाई साथ दिदै नयाँ सेसनमा कम्तिमा पाँच जना विद्यार्थीलाई भर्ना गर्ने प्रतिबद्दता समेत जनाउनुभएको छ ।

कार्यक्रममा विद्यालयका प्रधानध्यापक दवाङ तामाङ, मोतिलाल थिङ, वडा सदस्य तिर्था योन्जन, चक्रमान लो साथै अभिभावकहरुको उपस्थिति रहेको थियो ।






