कोरोना त्रास – त्रिविद्वारा संचालन गर्ने परीक्षा स्थगित (सुचनासहित)
चैत्र, काठमाडौं – त्रिभुवन विश्वविद्यालयले चैत महिनाभित्रमा सञ्चालन गरिने सम्पूर्ण परीक्षा स्थगित गरेको छ । त्रिवि कार्यकारी परिषद्को बिहीबारको बैठकले यस्तो निर्णय गरेको हो । कार्यकारी परिषद्ले परीक्षा स्थगित गर्न सबै सङकाय तथा परीक्षा नियन्त्रण कार्यालयलाई निर्देशन दिएको थियो ।
सोही निर्देशन अनुसार सम्पूर्ण परीक्षा स्थगित गरिएको त्रिविका परीक्षा नियन्त्रक पुष्पराज जोशीले बताए । उनका अनुसार अर्को परीक्षाको मिति कोरोना भाइरसको संक्रमणको अवस्था हेरेर तोकिनेछ । क्याम्पमा कार्यरत प्राध्यापकलाई पनि चैत मसान्तसम्म विदा दिने निर्णय गरिएको छ ।
यो विदा आगामी बर्षे तथा हिउँदे विदामा मिलान गरिने उनले जानकारी दिए ।विश्वविद्यालय बन्द भएपछि करिब ५ लाख विद्यार्थी र ७ हजार प्राध्यापक घरमै बस्नेछन्।प्रशासनका कर्मचारी भने कार्यालय आउनुपर्ने त्रिविले जनाएको छ । श्रोत जनबोली






