मकवानपुर भित्रने सार्वजनिक सवारीमा रोक

तामसालिङ खबर
१० चैत्र २०७६, सोमबार १५:५०

चैत्र, हेटौंडा – कोरोना भाइरसको संक्रमणबाट जोगिन बाहिरी जिल्लाबाट आएका सार्वजनिक सवारीसाधनलाई मकवानपुर प्रवेशमा रोक लगाइएको छ ।

अन्य जिल्लबाट आएका सार्वजनिक सवारी साधनहरुलाई मकवानपुर प्रवेशमा रोक लगाइएको जिल्ला ट्राफिक प्रहरी कार्यालय मकवानपुरका प्रहरी निरीक्षक हरि बिष्णु ढकालले बताएका छन् । सरकारले सोमबारदेखि लामो दुरीको सार्वजनिक सवारी साधन सञ्चालनमा रोक लगाएको छ ।

जिल्ला भित्र सार्वजनिक यातायात चल्नमा रोक नलगाएको तर अन्य जिल्लाबाट मकवानपुर प्रवेश गरेका सवारीलाई रोक लगाइएको ढकालले बताए । जिल्ला भित्रने फाखेल, लोथर,रातोमाटे सहितका नाकाहरुमा प्रहरी तैनाथ गरि बाहिरी जिल्लाबाट आएका यात्रुबाहक बसहरुलाई जिल्ला प्रवेशमा रोक लगाइएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*