आजबाट एक सातालाई नेपाल लकडाउन, घरबाट निस्किन नपाइने, के-के गर्न पाईने ?

तामसालिङ खबर
११ चैत्र २०७६, मंगलवार १०:१२

चैत्र, काठमाण्डौ – कोरोना भाइरस संक्रमण कम गर्नका लागि आज बिहान ६ बजेबाट सरकारले देशभर लकडाउन गरेको छ । आज बिहान ६ बजेदेखि लागू हुने गरी चैत १८ गते बिहान ६ बजेसम्म लकडाउन गर्ने निर्णय सोमबार सरकारले गरेको हो । यससँगै अब एक साताका लागि सर्वसाधारण घरबाट बाहिर निस्किन नपाईने भएको छ ।

कोरोना संक्रमण फैलने सम्भवना देखिएकाले संक्रमण रोग ऐन २०२० को दफा २ को अधिकार प्रयोग गरी रोग रोकथाम र निर्मूलका लागि यो निर्णय लिइएको मन्त्री डा. खतिवडाले बताए । लकडाउनपछि निजी तथा सार्वजनिक सवारी साधन पनि चल्न बन्द भएको छ भने आन्तरिक हवाई उडान बन्द भएको छ । लामो दूरीका सवारी साधन र अन्तर्राष्ट्रिय हवाई उडान भने सरकारले यसअघि नै बन्दको घोषणा गरेको थियो ।

त्यस्तै औषधि उपचार, खाद्य वस्तु खरिदजस्ता अत्यावश्यक काममा बाहेक कोही पनि घरबाट बाहिर निस्कन पाउँदैनन् । (अनुमतिप्राप्त सवारी साधन, स्वास्थ्यकर्मी र सुरक्षाकर्मीले प्रयोग गर्ने सवारी साधनबाहेक सबै सार्वजनिक या निजी यात्रुवाहक सवारी साधन सञ्चालनमा पूर्ण रोक लाग्नेछ ।

(सुरक्षा निकायबाट प्रयोग हुने वायुयान तथा तोकिएका अन्य उडानबाहेक अन्य सबैै आन्तरिक व्यावसायिक उडान बन्द हुनेछन् । (स्वास्थ्य सुरक्षा, खाद्यवस्तु, दूध, खानेपानी, विद्युत्, दूरसञ्चार, सूचना तथा सञ्चार, भन्सार क्वारेन्टाइन, फोहोरमैला व्यवस्थापनजस्ता अति आवश्यक सेवावाहेक अन्य कार्यालय सञ्चालनका लागि आवश्यक पर्ने कर्मचारी मात्र उपस्थित हुने व्यवस्था गरी अन्य कर्मचारीलाई आवश्यक परेको बखत तत्काल उपस्थित हुने गरी सम्बन्धित कार्यालय प्रमुखले बिदा दिने ब्यबस्था रहेको छ । अन्नपुर्णपोष्ट दैनिकमा खबर छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*