लकडाउनको बेला युवक कुट्ने सशस्त्र प्रहरी निलम्बित

तामसालिङ खबर
१८ चैत्र २०७६, मंगलवार २०:३१

चैत्र, सप्तरी – सीमावर्ती क्षेत्रमा भारतबाट औषधि किनेर आइरहेका सप्तरीका दुई युवकमाथि कुटपिट गर्ने सशस्त्र प्रहरीका जवानलाई कारबाही गरिएको   छ । कुटपिटमा संलग्न सशस्त्र प्रहरीका एक जवानलाई निलम्बन गरिएको छ भने अर्का एकलाई कारबाहीका लागि सदरमुकाम राजविराज तानिएको सशस्त्र प्रहरीले जनाएको छ ।

दुई युवकलाई बलान बिहुल गाउँपालिका स्थित नेपाल भारत सीमावर्ती क्षेत्रमा निर्घात कुटपिट गर्ने मध्येका मनोज चौधरीलाई निलम्बन गरिएको सशस्त्र प्रहरीले जनाएको छ । अर्का जवान केशव थापा मगरलाई सदरमुकाम राजविराज तानिएको छ ।

मगरलाई यहाँ तानेर अनुसन्धान सुरु गरेका छौं’ उद्धव न्यौपानेले भने, “उनलाई कारबाही गरिन्छ ।”

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*