जापानले एक महिना संकटकाल घोषणा गर्ने

तामसालिङ खबर
२५ चैत्र २०७६, मंगलवार ०८:१३

चैत्र, काठमाडौं – जापान सरकारले कोरोना भाइरसको खतरालाई मध्यनजर गर्दै महिनासम्म लागू हुनेगरी संकटकाल घोषणा गर्ने भएको छ । मंगलबारदेखि एक महिना सम्म संकटकाल घोषणा गर्ने तयारी गरेको सीएनएनले जनाएको छ ।

देशमा संकटकाल घोषणा भएपनि आवश्यक आर्थिक गतिविधि’ सञ्चालन हुने जनाइएको छ । संकटकालबाट टोकियो, कानगावा, सैतमा, चिबा, ओसाका, ह्योगो र फुकुओका बढी प्रभावित हुने सरकारी अधिकारीले बताएका छन् ।

संकटकालले निम्तिने आर्थिक मन्दिसँग जुध्न सरकारले ९ सय ८९ अर्ब अमेरिकी डलरको राहत प्याकेज पनि घोषणा हुने उल्लेख गरिएको छ । हालसम्म जापानमा ३ हजार ६५४ कोरोना संक्रमित पुष्टि भएका छन् भने ८५ जनाको मृत्यु भइसकेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*