दिवेश अमेरिकन आइडलको टप २० मा प्रवेश
चैत्र, अमेरिका – नेपालका दिवेश पोखरेल अमेरिकन आइडलको उत्कृष्ठ २० मा प्रवेश गरेका छन् । अमेरिकी गायन रियालिटी शो अमेरिकन आइडलको १८ औं संस्करणमा पोखरेल दमदार प्रस्तुती दिँदै उत्कृष्ट २० मा पुगेका हुन् ।
आयोजक अमेरिकन आइडलले अप्रिल ५ मा टप २० प्रतिष्पर्धीको नाम सार्वजनिक गरेको थियाे । टप २० मा पुगेका दिवेशको प्रस्तुति हेर्न उनको परिवार पनि कार्यक्रममा पुगेका थिए । यसपटक उनले बब मार्लीको ‘इज दिस लभ’ बोलको गीत गाएका थिए । दिवेश टप २० मा प्रवेश गरेपछि परिवारमा खुसी छाएकाे छ ।
अर्थर गनका नामले चिनिएका दिवेशले काठमाडौंमा जन्मेर पाँच वर्षदेखि परिवारसँग अमेरिका बस्दै आएका छन । दिवेशलाई निर्णायकले फरक परिचय बनिसकेको भन्दै प्रशंसा गरेका थिए । अमेरिकन आइडलमा सुरुवात देखि नै उनी निर्णायक एवं दर्शकको मन जित्न सफल भइरहेका छन् ।
सानो हुँदादेखि नै संगीतप्रति आकर्षित हुने दिवेश पहिलो गितार आफ्नी आमामार्फत् पाएको बताउँछन् । गितार हातमा लिएर रेडियो, टिभीमा बजेका गीतहरू सुन्दै बजाउने गर्दथ्ये । टप २० सार्वजनिक भए सँगै आइडल केही समयका लागि कोरोना भाइरसको कारण रोकिएको छ ।






