हेटौंडा उपमहानगरलाई खाद्यान्न उपलब्ध गराउन ६ वटा प्रस्ताव पेश

तामसालिङ खबर
२५ चैत्र २०७६, मंगलवार १२:०८

चैत्र, हेटौंडा – हेटौंडा उपमहानगरपालिकालाई खाद्यान्न उपलब्ध गराउन ६ वटा व्यवसायीले प्रस्ताव पेश गरेका छन् ।

हेटौंडा उपमहानगरपालिकाको कार्यपालिका बैठकले नगरका विपन्न परिवारलाई राहत वितरण गर्न कोभिड–१९ प्रभावितहरुलाई राहत वितरणसम्बन्धी कार्यविधि २०७६ पारित गर्दै चैत २३ गते आवश्यक खाद्यान्न खरिदका लागि शिलबन्दी बोलपत्र आव्हान गरेको थियो ।

प्राप्त प्रस्तावको मूल्यांकन गरेर आजै खाद्यान्न खरिद सम्बन्धी सम्झौता गरिने हेटौंडा उपमहानगरपालिकाका लेखा अधिकृत मनोज सुवेदीले जानकारी दिनुभयो । भोलिदेखि नै राहत वितरण गर्ने गरी तयारी भइरहेको पनि उपमहानगरपालिकाले जनाएको छ ।

कार्यविधिमा एउटा परिवारलाई एक पटकमा १५ केजी चामल, दुई केजी दाल, २ लिटर तेल, १ केजी नून र ४ वटा साबुन उपलब्ध गराउने उल्लेख गरिएको छ । उपमहानगरपालिकाले राहत वितरणका लागि ९० टन चामल, १२ टन दाल, छ टन नुन १२ हजार लिटर तेल र १२ हजार थान सावुन खरिद गर्न सूचना जारी गरेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*