दुध बोक्ने अटोमा मदिरा बोकेपछि प्रहरीको नियन्त्रणमा
चैत्र, हेटौंडा – दुध ढुवानी सेवा लेखिएको अटोमा अबैध घरेलु मदिरा बोकेपछि मंगलबार मकवानपुर प्रहरीले नियन्त्रणमा लिएको छ ।
हेटौडाको चौकीटोल स्थित प्रहरी चौकीमा खटिएको प्रहरी टोलीले ना १ ह ५३८१ नम्बरको अटोमा दुध ढुवानी सेवा भनी टाँस गरिएको अटोमा जाँच गर्ने क्रममा रित्तो क्यानसंगै मदिराको जर्किन बरामद गरेको छ ।
मकवानपुरगढी गाउँपालिकाको सामरी तर्फबाट हेटौंडातर्फ आउँदै गरेको उक्त अटोमा ३ वटा रित्तो दुधको क्यान र ६ वटा घरेलु मदिराको जर्किन बरामद भएको प्रहरीले जनाएको छ ।
दुधको ३ वटा खाली क्यान रहेको र सोहि अटोमा ६ वटा जर्कीनमा अबैध घरेलु मदिरा एक सय ४० लिटर फेला परेको मकवानपुर प्रहरीले जनाएको छ । प्रहरीले अटो चालकको नाम र ठेगाना भने सार्वजनिक गरेको छैन ।
लकडाउनको समयमा एम्बुलेन्समा यात्रु बोक्ने, दुध बोक्ने गाडि भन्दै अन्य सामान बोक्ने, अत्यावश्यक सेवा भन्दै दुरुपयोग गर्ने क्रम बढेपछि प्रहरीले निगरानी बढाएको छ ।






