लकडाउन-अजयमोहन श्रेष्ठको पहलमा ललितपुरमा नि:शुल्क भोजन सेवा
चैत्र २७, काठमाडौं – कोरोना भाइरसको कारण नेपाल लकडाउन भएको १७ औ दिन भैसकेको छ । संक्रमण फैलन नदिन र यसको रोकथाम, नियन्त्रण तथा उपचारका लागि नेपाल सरकारले तेस्रो पटकको निर्णयले आउदो बैशाख ३ गते सम्म लकडाउन लम्ब्याएको छ । त्यस्तै अन्तराष्ट्रिय हवाई उडान बैशाख १८ गते सम्म बन्द गर्ने निर्णय गरिएको छ ।
हाल सम्म ९ जना संक्रमित भेटिएको छ भने १ जना निको भएर घर फर्की सकेका छन् । लकडाउनका कारण मजदुर, विपन्न तथा सडकमा मागेर गुजारा गरिरहेकाहरु, अस्पतालमा रहेका बिरामी कुरुवाहरु अधिक प्रभावित बन्न पुगेका छन् ।

बिहान बेलुकाको छाक टार्न समस्या परिरहेका उनीहरुलाई ललितपुरको अजयमोहन श्रेष्ठको सक्रियतामा नेपाल शाकाहारी पार्टीले नि:शुल्क शाकाहारी खानाको व्यवस्था गरिरहेको छ । भेजभोइजेज फाउण्डेशनको संयुक्त सहकार्यमा सुरु भएको नि:शुल्क भोजन सेवा प्रत्येक दिन दिउसोको समयमा दैनिक पाँच सय जनालाई खानाको व्यवस्था गर्दै आइरहेको नेपाल शाकाहारी पार्टीको अध्यक्ष राधे खड्काले बताउनु भयो ।
भोजन वितरण अभियानमा दैनिक २० जनाको स्वयंमसेवकका रुपमा सहयोग गर्दै आएका छन् । लकडाउन थपिदै जादा विभिन्न मनकारी संस्थाहरु पनि अभियानमा जोडिएर सहयोग गर्दै आएको अध्यक्ष खड्काले बताए ।

काठमाण्डौ उपत्यकामा विर अस्पताल, टुडिखेल, जाउलाखेल, लगनखेल, कलंकी,र ललितपुर स्थिति लुभु को श्रम तथा पाटीमा रहेका वृद्धवृद्धा, असहायलाई भोजनको व्यवस्था गर्दै आएको छ । त्यस्तै, उपत्यका बाहिर सिराहा, सप्तरी र लहानमा पनि नि:शुल्क भोजन सेवा अभियान सञ्चालन गरिएको अध्यक्ष खड्काले जानकारी दिनु भयो ।

अभियान निरन्तर जारी राख्ने र कोरोना भाइरसको संक्रमणले लम्बिदै गएको लकडाउनका कारण समस्यामा परेका व्यक्तिहरुलाई उक्त अभियानले धोरै भएपनि राहत पुग्ने उनले विश्वास व्यक्त गरे । अभियानलाई ललितपुरको लुभुमा भने प्रत्येक दिन अजय मोहन श्रेष्ठले भोजन वितरणमा सहयोग गर्दै आउनु भएको छ ।

चिनको हुवेई प्रान्तको बुहान शहरबाट सुरु भएको कोरोना भाइरस विश्वका दुई सय भन्दा बढि देशमा संक्रमण फैलिसकेको छ । हाल सम्म ८२ हजार बढिको मृत्यु भएको छ । १५ लाख भन्दा बढी उपचाररत छन् ।







