कोरोना संक्रमित भटेको भनी अफवाह फैलाउने एक ब्यक्ती पक्राउ
चैत्र, कैलाली – कोरोना भाइरस (कोभिड-१९) संक्रमित व्यक्ति भेटिएको भन्दै अफवाह फैलाउने एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।
सामाजिक सञ्जाल फेसबुक मार्फत् टीकापुर नगरपालिका-१ ब्लक नम्बर १० मा कोरोना भाइरस संक्रमित व्यक्ति भेटिएको गलत प्रचार गर्ने सोही नगरपालिका-२ का पवनकुमार भट्टराईलाई मंगलबार राति पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।
आफ्नो फेसबुक आइडीमार्फत “कोरोना भाइरसको सङ्क्रमित टीकापुर नगरपालिका– १ ब्लक नं. १० मा भेटियो” भनी पोष्ट गरेर आम नागरिक माझ सन्त्रास फैलाएको देखिएकाले आवश्यक कानुनी कारवाहीका लागि भट्टराईलाई इलाका प्रहरी कार्यालय टीकापुरले नियन्त्रणमा लिएको प्रहरीले जानकारी दिएको छ ।






