भारतबाट आउनेक्रम नरोकिएपछि सिमा क्षेत्रमा चेकपोष्ट बढाइयो

तामसालिङ खबर
२९ चैत्र २०७६, शनिबार ०४:२६

चैत्र, वीरगञ्ज – नेपाल–भारत खुला सीमा प्रयोग गरी प्रदेश नं २ मा भारतबाट नेपाल आउने क्रम नरोकिएपछि प्रहरीले सीमानाकामा थप चेकपोस्ट खडा गरेको छ ।

आठ जिल्लाका ४३२ किलोमिटरमा १०० को हाराहारीमा चेकपोस्ट रहेकोमा कोरोना सङ्क्रमणलाई ध्यानमा राखी सरकारले लागू गरेको तेस्रो चरणको लकडाउन उल्लङ्घन गर्दै भारतबाट नेपाल र नेपालबाट भारत आउनेजाने क्रम नरोकिएको भन्दै प्रदेश नं २ प्रहरीले सो सीमा क्षेत्रमा थप २२९ चेकपोष्ट थपेर त्यसको सङ्ख्या ३२९ बनाएको छ ।

लकडाउनमा पनि भारतीय नाका हुँदै नेपाल प्रवेश गर्ने क्रम यथावत् रहेपछि चेकपोष्ट सङ्ख्या बढाइएको प्रदेश प्रहरी कार्यालयका सूचना अधिकारी तिलक सुनारले जानकारी दिनुभयो । यसका लागि नेपाल तथा सशस्त्र प्रहरी दुवैको सङ्ख्या बढाइएको उहाँले बताउनुभयो ।

“प्रदेशमा पहिला सय वटाको हाराहारीमा मात्रै चेकपोष्ट थियो”, सूचना अधिकारी सुनारले भन्नुभयो, “अहिले त्यसलाई बढाएर ३२९ पु¥याएका छौँ । भारतबाट नेपाल आउनसक्ने सम्भावित ठाउँमा चेकपोष्ट बनाइएको हो ।” रासस

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*