कोरोना भाइरस चीनमा पुन: तीब्र रुपमा फैलिदैँ

तामसालिङ खबर
२ बैशाख २०७७, मंगलवार ११:०५

वैशाख २, काठमाडौँ – चीनमा लगभग नियन्त्रणमा आएको भनिएको कोरोना भाइरस पुनः महामारीको रुपमा फैलिन थालेको छ । आइतबार मात्रै एकसय जना भन्दा बढी संक्रमित फेला परेका थिए । सोमबार ८९ जना नयाँ संक्रमित फेला परेका छन् ।

लकडाउन सहज बनाए सँगै चीनमा कोरोना भाइरस फैलिएको हो । चीनले लकडाउन गर्ने वा नगर्ने संकट आएको अधिकारीहरुले बताएका छन् ।

चीनमा कोरोना भाइरसबाट हाल सम्म ३ हजार ३४२ जनाको मृत्यु भएको छ । तर, चीनमा संक्रमति थपिए पनि मृत्युदरमा निकै कमी आएको छ । पछिल्लो समय फेला परेका ११६ जना नयाँ संक्रमितको अवस्था गम्भीर रहेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*