हेटौँडामा र्‍यापिड टेष्ट गर्दा चार जनामा कोरोना पोजेटिभ

तामसालिङ खबर
४ बैशाख २०७७, बिहीबार १७:२३

बैशाख ४, हेटौडा – बागमती प्रदेशको राजधानी हेटौडामा र्‍यापिड टेस्ट गर्दा चार जनामा कोरोना पोजेटिभ देखिएको छ ।

मकवानपुरको हेटौँडा उपमहानगरपालिका वडा नम्बर ४ मा आजबाट सुरु गरिएको र्‍यापिड डाइग्नोस्टिक टेस्ट (आरडीटी) विधिबाट गरिने टेष्टमा चार जना ब्यक्तिको रिर्पोट पोजेटिभ देखिएको हो । आरडिटि प्रविधिबाट ४० जनामा गरिएको परिक्षणमा एक महिला र तीन जना पुरुषमा कोरोना पोजेटिभ भेटिएको छ ।

पोजेटिभ भेटिएको उनीहरु भारत बिहार घर भइ हाल हेटौंडा–४ आफ्न्तमा आएकी ५५ वर्षीय एक महिला, भारत गएर फर्किएका हेटौंडा–२ का ६७ वर्षीय एक वृद्ध, भारत बैंग्लौरबाट फर्किएका हेटौंडा–५ का २४ वर्षीय एक युवक र साउदी अरबबाट फर्किएका ३२ वर्षीय एक युवक रहेका छन् ।

अहिले उनीहरु चारै जनालाई हेटौंडा ४ कर्रामा रहेको आइसोलेसनमा राखिएको छ । उनीहरु चारै जनाको हेटौंडाको ल्यावमा पीसीआर (स्वाब) टेष्ट गर्ने तयारी गरिएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*