नेपालमा एकैदिन १४ जना कोरोना संक्रमित थपिए

तामसालिङ खबर
५ बैशाख २०७७, शुक्रबार २०:३७

बैशाख ५, काठमाडौं – नेपालमा एकै दिन १४ जनामा कोरोना भाइरसको संक्रमित थपिएको छ । उदयपुरमा १२ जना र चितवनमा दुई जनामा कोरोनाको संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

यस संगै कोरोना संक्रमितको संख्या ३० जना पुगेको छ । उदयपुरकाे एक मस्जिदमा भेटिएका ३४, २९, २६, २८, २८, २८, २८, २२, २५, २०, ४० र २९ बर्षिय १२ जना पुरुष मध्ये अधिकांश भारतीय नागरिक रहेकाे मन्त्रालयले जनाएको छ ।

त्यस्तै चितवनको राप्ती नगरपालिका २७ बर्षीय पुरुष र ६३ बर्षिय महिला आमा छोरामा कोरोना पुष्टी भएको मन्त्रालयले जनाएको छ । उनीहरु गत चैत्र ३ गते बेलायतबाट नेपाल आएका थिए । उनीहरु मध्ये पहिलो संक्रमित निको भइसकेका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*