र्यापिड टेष्टमा पोजेटिभ देखिएका हेटौडाका ४ जनाको पीसीआरमा नेगेटिभ
बैशाख ५, हेटौडा – बागमती प्रदेशको राजधानी हेटौडामा विहिबार ४९ जनाको र्यापिड टेष्ट (आरडीटी) परिक्षण गर्दा पोजेटिभ नतिजा देखिएका चारै जनालाई कोरोना नभएको पुष्टी भएको छ ।
उपमहानगरले विहिबार हेटौँडाको बासुदेव सभागृहमा ४९ जनाको आरडीटी परीक्षण गर्दा उहाँहरु मध्ये भारत बिहार घर भइ हाल हेटौंडा–४ आफ्न्तकोमा आएकी ५५ वर्षीय एक महिला, भारत गएर फर्केका हेटौँडा–२ का ६७ वर्षीय एक वृद्ध, भारतबाटै फर्कनुभएका हेटौँडा–५ का २४ वर्षीय एक युवक र साउदी अरबबाट फर्कनुभएका ३२ वर्षीय एक युवकको नजिता नेगेटिभ देखिएको छ ।
र्यापिड टेष्ट (आरडीटी) परीक्षण गर्दा पोजेटिभ देखिएका ३ जना पुरुष र १ जना महिलामा पिसिआर टेष्टमा नेगेटिभ आएको अर्थात् कोरोनाको संक्रमण नभएको सामाजिक बिकास मन्त्रालयले जनाएको छ । उहाँहरु चारै जनाको पीसीआर परीक्षण गर्दा कोरोनाको संक्रमण नभएको पुष्टी भएको हो ।






