चट्याङ लागेर राक्सिराङमा ३ जना घाइते

तामसालिङ खबर
६ बैशाख २०७७, शनिबार ०७:२४

बैशाख ६, हेटौंडा (राक्सिराङ) – मकवानपुरको राक्सिराङ गाउँपालिका वडा नम्बर २ बरायोटारमा शुक्रबार साँझ हावाहुरी पानी संगै चट्याङ लाग्दा ३ जना घाइते भएका छन् ।

हावाहुरी र पानीसँगै स्थानीय ४४ वर्षीय ठाकुर नेगीको घरमा चट्याङ पर्दा उनीसहित अन्य २ जना घाइते घाइते भएका हुन् । घाइते हुनेहरुमा स्थानीय ४० वर्षीय अविनाश मुक्तान र ३७ वर्षीय मिलन लो रहेका छन् ।

चट्याङबाट नेगीको घरमा सामान्य क्षति हुनुका साथै ३ वटा बाख्रा समेत मरेका छन् । गत मंगलबार पनि राक्सिराङ ७ मा चट्याङ पर्दा १ जनाको मृत्यु भएको थियो भने तिन दर्जन बढि घाइते भएका थिए

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*