यी हुन्, कोरोना संक्रमणबाट जितेकी प्रसिद्धि श्रेष्ठ, २७ दिन पछि घर फर्कियो

तामसालिङ खबर
६ बैशाख २०७७, शनिबार १८:५३

बैशाख ६, काठमाण्डौ – नेपालको दोस्रो कोरोना संक्रमित प्रसिद्धि श्रेष्ठ रहेको स्वास्थ्य मन्त्रालयले खुलासा गरेको छ । उनी आज शनिवार डिस्चार्ज भए सँगै स्वास्थ्य मन्त्रालयले उनको नाम र तस्विर खुलाएको हो ।

मिडियाहरुले स्वास्थ्य मन्त्रालयले डिस्चार्ज हुनुअघि मास्क लगाएर खिचिएको उनको तस्विर समेत उपलब्ध गराएको छ । यो तस्विर तथा उनको नाम उनी र उनका परिवारको सहमतिमा सार्वजनिक गरिएको हो ।

चैत १० गते कोरोना पुष्टि भएकी १९ वर्षीया श्रेष्ठलाई टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालको आइसोलेसनको वार्डमा २७ दिनसम्म राखेर उपचार गरिएको थयो । सबै खालका टेस्ट रिपोर्टहरु राम्रो आएपछि उनलाई अस्पतालले डिस्चार्ज दिएको छ ।

श्रेष्ठ चैत ४ गते फ्रान्सबाट नेपाल आएकी थिइन् । अब टेकु अस्पतालमा यूएईबाट चैत ६ गते नेपाल फर्किएर चैत १२ गते कोरोना पोजिटिभ देखिएका धादिङका युवक उपचाररत छन् ।

हाल नेपालमा कोरोना संक्रमितको संख्या ३० पुगेको छ । यसअघि, चीनको बुहानबाट आएका अर्का एकजनालाई पनि संक्रमण देखिएपछि सोही अस्पतालमा नै उपचारपश्चात् स्वस्थ भएर घर फर्काइएको थियो । उनीपछि निको भएर घर फर्किने दोश्रो कोरोना संक्रमित श्रेष्ठ बनेकी छिन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*