समयमै सतर्कता अपनाएकाले महामारीको रुप लिन नसक्ने – प्रधानमन्त्री ओली
बैशाख ७, काठमाण्डौ – प्रधानमन्त्री केपी शर्मा ओलीले समयमै कोरोना भाइरस सङ्क्रमणबाट सुरक्षित हुन सतर्कता अपनाएकाले नेपालमा महामारीले विशाल रुप लिन नसक्ने बताएका छन् । बेलैमा नेपालले बन्दाबन्दी, सामाजिक दूरी, अन्तरराष्ट्रिय प्रवेशविन्दु र सीमानाका बन्द तथा आवश्यक स्वास्थ्य अपनाएकाले महामारीले विशाल रुप लिन नसक्ने बताएका हुन् ।
शनिबार सरकारी सञ्चारमाध्यमलाई अन्तर्वार्ता दिँदै प्रधानमन्त्री ओलीले कोभिड-१९ परीक्षणलाई ७७ जिल्लामा नै विस्तार गरिएको, सबै ठाउँमा स्वास्थ्य सामग्री र जनशक्ति पु¥याइएको तथा सङ्क्रमित र सङ्क्रमण सम्भावितको खोजीखोजी आरडिटी र पिसिआर दुवै परीक्षणलाई तीव्रता दिइएकाले नेपालमा रोगले भयावह रुप लिन सक्ने अवस्था आफूले नदेखेको स्पष्ट पारे ।
लकडाउन नभएका देशमा बर्बादी भएको र भएका ठाउँमा सङ्क्रमण कम भएकाले विश्वस्तरमै यस्तो उपाय अपनाइएको बताउँदै उहाँले प्रभावकारी यो विधि अपनाइएको विषयलाई अर्थतन्त्र, राजनीतिक विचार र राजनीतिक प्रणालीसँग जोडिन नहुनेमा जोड दिए ।






