पैसा फालेर भागेका नन्द भाउजुमा कोरोना नेगेटिभ

तामसालिङ खबर
७ बैशाख २०७७, आईतवार १७:४९

बैशाख ७, जनकपुरधाम – जनकपुरधामको माहाबिर चोकमा पैसा फालेर भागेकी महिलाको पिसिआर रिपोर्टमा कोरोना भाइरस नेगेटिभ आएको छ । ती दुइ महिलाको प्रयोगशालामा आरटी पीसीआर विधिबाट कोरोना संक्रमण परीक्षण गर्दा कोरोना संक्रमण नभएको धनुषाका प्रमुख जिल्ला अधिकारी कोषहरि निरौलाले जानकारी दिए ।

गतशुक्रबार जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर ४ महाबीर चोकस्थित सडकमा दुई जना महिलाले १० रुपैयाँको १५ वटा नोट छरेर यी दुई महिला फरार भएका थिए ।

रहस्यमयी तरिकाले पैसा फालेको भेटिएपछि धनुषा प्रहरीले शनिबार दिउँसो दुबै महिलालाई मस्जिद नजिकबाट पक्राउ गरी ¥यापिड डाइग्नोस्टिक टेस्ट (आरडीटी) विधिबाट परीक्षण गर्दा दुई जना महिला मध्ये एक जनामा कोरोना एन्टीबडी पोजेटिभ देखिएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*