देशका विभिन्न भागमा हावाहुरी सहित असिनापानी, सतर्क रहन महाशाखाको आग्रह

तामसालिङ खबर
९ बैशाख २०७७, मंगलवार ०७:३५

बैशाख ९, काठमाडौं – जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाका अनुसार देशको अधिकांश स्थानमा सामान्य बदली रही केहि स्थानहरुमा मेघ गर्जन /चट्याङ्ग/हावाहुरी सहित वर्षा भइरहेको छ ।

विशेषगरी प्रदेश २, वाग्मती प्रदेश, गण्डकी प्रदेश, प्रदेश ५ र कर्णाली प्रदेशमा अहिले पानी परिरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाले आगामी तीन दिन सम्म देशका विभिन्न भूभागमा हावाहुरी सहित असिना पानी पर्ने हुँदा सबैलाई सतर्कता अपनाउन आग्रह गरेको छ । स्थानीय वायुको प्रभावका साथै पश्विमी वायुको प्रभावले देशका विभिन्न ठाउँमा मौसम बदली रहने महाशाखाले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*