बागमती प्रदेश प्रहरी प्रमुख सम्हाल्दै बसन्तकुमार लामा

तामसालिङ खबर
९ बैशाख २०७७, मंगलवार ०८:०९

बैशाख ९, हेटौडा – नवनियुक्त प्रहरी नायव महानिरीक्षक (डिआइजी) बसन्त कुमार लामा बाग्मती प्रदेशको प्रमुखको रुपमा खटाएका छन् । जिल्ला प्रहरी कार्यालय मकवानपुरमा प्रहरी प्रमुखको भूमिका समेत निर्वाह गरिसकेका लामा डिआइजीमा बढुवा भएपछी गृह मन्त्रालयले सोमबार बागमती प्रदेशको जिम्मेवारी दिए संगै उनि प्रदेश प्रहरी प्रमुुखको रुपमा हेटौँडा आउने भएका हुन ।

मन्त्रालयले आइतबार बढुवा भएका १० डिआइजी मध्ये सातजना प्रदेश प्रहरी प्रमुखमा सरुवा भएका छन् । गृह मन्त्रालय स्रोतका अनुसार प्रदेश नम्बर १ मा डीआईजी ईश्वरबाबु कार्कीलाई पठाउने भएको छ ।

प्रदेश नम्बर २ मा धिरजप्रताप सिंह, गण्डकी प्रदेशमा प्रकाशजंग कार्की, प्रदेश नम्बर ५ मा रबिन्द्र बहादुर धानुक, कर्णाली प्रदेशमा बसन्त पन्त र सुदुरपश्चिम प्रदेशमा उत्तमराज सुवेदीलाई पठाउने भएको छ ।

त्यसैगरी सहकुल थापाको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)मा पदस्थापन भएको छ भने सिआइबीका नीरज शाहीको प्रहरी महानिरीक्षकको सचिवालयमा सरुवा भएको छ । प्रदेश २ मा कार्यरत प्रद्युम्न कार्कीको विशेष ब्युरोमा सरुवा भएको छ । अरुण बिसीको अख्तियार दुरुपयोग अनुसन्धान आयोग तथा सूर्य उपाध्यायको सुरक्षा परिषद्को सचिवालयमा सरुवा भएको मन्त्रालयले जनाएको छ ।

सिफारिस भएको १० दिनपछि नवनियुक्त १० डीआईजीलाई सोमबार दज्र्यानी चिह्न प्रदान गरिएको छ । प्रहरी प्रधान कार्यालयमा सोमबार प्रहरी महानिरीक्षक ठाकुर ज्ञवालीले नवनियुक्त डीआईजीहरुलाई दज्र्यानी चिह्न प्रदान गरेका हुन् । गत चैत २८ गते बढुवा समितिले १० एसएसपीलाई डीआईजीमा बढुवा सिफारिस गरेको थियो।

यो पनि हेर्नुहोस् :

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*