बजार क्षेत्रमा हिडडुल बढेपछि मकवानपुर प्रहरीले ‘म्यान क्याच स्टिक’ मार्फत नियन्त्रणमा लिन शुरु
वैशाख ११, हेटौंडा – बागमती प्रदेशको राजधानी हेटौडामा बिहिबारबाट ‘म्यान क्याच स्टिक’ अर्थात पासो मार्फत नियन्त्रण गर्न सुरु गरेको छ । लकडाउनको समय अनावश्यक हिडडुल बढेपछि जिल्ला प्रहरी कार्यालय मकवानपुरले दुुरी कायम गरेर पासो मार्फत नियन्त्रणमा लिन शुरु गरेको हो ।
मकवानपुर प्रहरीले आजै हेटौंडामा लकडाउन उलघंन गर्ने दुई जनालाई म्यान क्याच स्टिकको सहायताले नियन्त्रणमा लिएको छ । नियन्त्रण पछि मास्क लगाई दिएर रिहा गरिदिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जानकारी दिएको छ ।
जथाभावी मानिस नियन्त्रणमा लिँदा कोरोना संक्रमण हुने डरले प्रहरीले सावधानी अपनाएर लकडाउन उलंघन गर्नेहरुलाई स्टिकको सहायताले नियन्त्रण लिन थालेको हो ।
भिडियो हेर्नुहोस् –






