राक्सिराङमा राहत वितरण गरि फर्किएका एकको मृत्यु
बैशाख १२, हेटौडा (राक्सिराङ) – राक्सिराङ गाउँपालिकामा वडा नम्बर ६ सिलिङगेमा राहत वितरण गरि फर्किएका एक जनाको ज्यान गएको छ ।
राक्सिराङका विभिन्न स्थानमा राहत वितरण गरि फर्किने क्रममा दिगो विकासका लागि एकता नेपाल नामक संस्था का कर्मचारी धनकुटा प्रखिबासका अन्दाजी ५० बर्षीय खडक बहादुर कटुवालको मृत्यु भएको राक्सिराङ ६ का वडा अध्यक्ष सिंहलाल प्रजाले जानकारी दिए ।
बिहिबार साँझ राक्सिराङ ६ को सिलिङगेमा लडेर बेहोस भएका कटुवाललाई हृदयघात भएको आशंका गरिएको उनले बताए ।






