राष्ट्रपति भण्डारीद्वारा दुवै अध्यादेश खारेज

तामसालिङ खबर
१२ बैशाख २०७७, शुक्रबार १६:३१

बैशाख १२, काठमाडौं – राष्ट्रपति विद्यादेवी भण्डारीले गत सोमबार जारी भएका दुई अध्यादेश खारेज गरेकी छन् ।

यसअघि मन्त्रिपरिषद् बैठकले सोमबार जारी भएका राजनीतिक दलसम्बन्धी र संवैधानिक परिषद्सम्बन्धी अध्यादेश फिर्ता लिने निर्णय गरेको थियो।

सोही निर्णय बमोजिम राष्ट्रपतिले शुक्रबार दिउँसो दुबै अध्यादेश खारेज गरेको राष्ट्रपति कार्यालय शितल निवासले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*