हेटौंडा उपमहानगरका प्रमुख प्रशासकिय अधिकृत पौडेलको स्वागत

तामसालिङ खबर
१३ बैशाख २०७७, शनिबार ०८:४०

बैशाख १३, हेटौंडा – हेटौंडा उपमहानगरपालिकाले नयाँ प्रमुख प्रशासकिय अधिकृत सह-सचिव कबिराज पौडेललाई शुक्रबार एक कार्यक्रमका बीच स्वागत गरेको छ । यसअघि प्रमुख प्रशासकिय अधिकृतको रुपमा कार्यरत उपसचिव गोपाल प्रसाद बगालेको विदाई पनि गरिएको छ ।

उपमहानगरपालिकाका उप-प्रमुख मिना कुमारी लामाले दुवैजनालाई फूल र अविर लगाएर स्वागत र विदाई गर्नुभयो । कार्यक्रममा हेटौंडाका विभीन्न वडाका वडा अध्यक्षहरु, कार्यालयका कर्मचारीहरु लगायतकाको सहभागिता रहेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*