कोरोनबाट भारतमा ७८० को मृत्यु, २४ हजार भन्दा बढी संक्रमित

तामसालिङ खबर
१३ बैशाख २०७७, शनिबार ०९:०४

बैशाख १३, दिल्ली – भारतमा कोरोनाको संक्रमणबाट मृत्यु हुनेको संख्या ७८० पुगेको छ । शुक्रबार एकैदिन ५९ जनाको मृत्यु भएको त्यहाँको स्वास्थ्य मन्त्रलायले जनाएको छ । त्यस्तै कोरोनाबाट संक्रमित हुनेको संख्या २४ हजार ४ सय ४७ पुगेको छ ।

पछिल्लो २४ घन्टामा भारतमा १४ सय बढी संक्रमित थपिएका थिए । भारतमा सबैभन्दा बढी संक्रमित हुनेहरु महाराष्ट्र प्रदेशमा रहेका छन् । त्यहाँ हाल सम्म ६ हजार ४ सय भन्दा बढी संक्रमित भेटिएका छन् । महाराष्ट्रमा २ सय ८३ जनाको मृत्यु भइसकेको छ ।

त्यस्तै गुजरातमा २ हजार ६ सय बढी कोरोना संक्रमित रहेका छन् । गुजरातमा १ सय १२ जनाको मृत्यु भएको छ । भारतको राजधानी दिल्लीमा भने कोरोना संक्रमितको संख्या करिब २४ सय छ । मृत्यु हुनेको संख्या ५० भन्दा धेरै पुगेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*