अन्तराष्ट्रिय र आन्तरिक उडान जेठ २ गते सम्म बन्द हुने

तामसालिङ खबर
१३ बैशाख २०७७, शनिबार १७:११

बैशाख १३, काठमाडौं – कोरोना भाइरस संक्रमण रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिले आन्तरिक तथा अन्तर्राष्ट्रिय उडानहरु थप १५ दिन बन्द गर्ने निर्णय गरेको छ ।

बैशाख १८ सम्म बन्द रहेको नेपालको अन्तराष्ट्रिय तथा आन्तरिक हवाई उडानलाई जेठ २ गते सम्म बन्द गर्ने निर्णय गरेको हो । शनिबार बसेको समिति बैठकले आन्तरिक तथा अन्तर्राष्ट्रिय उडानहरु मे १५ तारिख अर्थात जेठ २ गतेसम्म बन्द गर्ने निर्णय गरेको हो ।

‘हवाई उडानहरु अप्रिल ३० सम्म स्थगित थियो । यसलाई १५ सम्म लम्ब्याउने निर्णय भएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको    छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*